मेचीनगर । कृषि क्षेत्रमा आत्मानिर्भर बनाउन मेचीनगर नगरपालिकामा सौर्य उर्जाबाट सिचाईका लागि डिप बोरिङ जडान गरिएको छ ।
आज मेचीनगर ८ स्थित सृजना चोक र खडियाबस्तीमा करिब १४ लाख बढीको लागतमा किसानलाई खेती गर्न सहजताको लागि सौर्य उर्जाबाट सिचाईका लागि दुई थान डिप बोरिङ जडान गरिएको हो ।

वडासदस्य बिष्णु भट्टराईको पहलमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंको अनुदानमा मेचीनगर ८ का दुई स्थानमा करिब पन्द्र पन्द्र बिगाहा जमिनमा सिचाई गर्न सकिने छ ।
सौर्य उर्जाबाट सिचाईका लागि डिप बोरिङ जडान गरिएसंगै अब झ्याप्प झ्याप्प विद्युत अवरुद्ध हने समस्याको समाधान भएको किसानहरू बताउँछन् । उनीहरूका अनुसार खेतीपाती गर्न सिचाइको ठुलो समस्या थियो अब सहज भएको उनीहरू बताउँछन् ।
यता मेचीनगरमा नै पहिलो पल्ट वडा न .८ मा सोलार पावरबाट सिचाईको लागि पानी निकाल्ने काम सुरूवात गर्न सफल भएका छौ यसबाट वडाका किसानहरूले भरपुर लाभ उठाउनेमा वडाको जनप्रतिनिधि आशावादी रहेको वडासदस्य बिष्णु भट्टराई बताउँछन् ।