संघ \संस्था

बिपद् न्यूनिकरणमा मेचीनगरको चासो, नगरप्रमुख आफै स्थालगत अनुगमनमा

मेचीनगर । बर्खा लागेसंगै अबिरल बर्षका कारण खोला नदीहरुमा आउने बाढीले बर्षेनी धेरै धनजनको क्षति पुर्याउँदै आइरहेको तितो यथार्थ छ । यसैलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रमा हुने बिपद न्यूनिकरणका लागि चासो देखाउँदै स्थलगत अनुगमनलाई तिब्रता दिन थालेका छन् ।

मेचीनगरमा बिशेषगरी मेची नदी, निन्दा, टिमाई, राइसिङ, घैलाडुब्बा, काली खोलालगायतले बर्षाको बेला बाढी आएर क्षति पुर्याउँदै आइरहेको छ । त्यसलाई न्यूनिकरण तथा रोकथामका लागि नगर प्रमुख बुढाथोकीले सम्बन्धित वडा कार्यालय र विपद व्यवस्थापनलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज बिहान मात्रै पनि नगरप्रमुखले मेचीनगर १ र ४ को सिमानामा पर्ने प्रसाद गौडामा मेची नदीले गरेको क्षति र रोकथामका लागि स्थलगत अनुगमन गरेको जनाएको छ । अनुगमनमा नगर प्रमुख बुढाथोकीसंगै मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, जनताको तटबन्ध गैडेका इन्जिनियलगायत गएका थिए ।

अनुगमन पश्चात स्थानीय किसानहरुको क्षति रोक्न खोलामा तटबन्ध गर्ने जनताको तटबन्धलाई सहमती गराइ आजैबाट कार्य शुरु गरि सकेको छ ।