राजनीति

मेचीनगर : मदन भण्डारीको जन्म जयन्तीमा दिप प्रज्वलन

मेचीनगर । जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा मेचीनगरमा दिप प्रज्वलन गरिएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा बसपार्क परिसरमा बिहिवार साझ मदन भण्डारीको जन्म जयन्तीको अवसरमा सार्दुल अध्ययन केन्द्र स्थापना तथा दिप प्रज्वलन गरिएको छ ।

बाग्मती प्रदेशका पुर्व प्रमुख बिष्णु प्रसाइको प्रमुख आतिथ्यमा, नेकपा एमाले केन्द्रिय सदस्य एवम् मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटीका चन्द्र प्रसाईं, भुपाल शिवाकोटी र रमा भण्डारी त्यस्तै नगर अध्यक्ष राजु पोख्रेललगायतको नेताहरूको आतिथ्य रहेको थियो ।

श्वेतसार्दुल अध्ययन केन्द्र ,मेचिनगर अध्यक्ष टिकाराम मंग्रातीको अध्यक्षता सम्पन्न कार्यक्रममा एमालेका नेता तथा कार्याकर्ताहरू उल्लेख्य सहगागिता रहेको थियो ।