विविध

छोरीको जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा

बिर्तामोड । युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् ।

एन्जिलाले अर्जुनधारा–६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा आश्रित ११ जना आपाङ्ग बालबालिकालाई नगदसहित मिठाई, कपी, पेनसिललगायत सामाग्री सहयोग गर्दै जन्मोत्सव मनाएकी हुन् ।

उनले शनिवार (आज) २५ औं जन्मोत्सव प्रवेशका अवसरमा सरोकार केन्द्रमा आश्रित आपाङ्ग बालबालिकासँग केक काटेर मनाइन् । एन्जिलाले सरोकार केन्द्रका सञ्चालक कृष्ण दुलाललाई नगर ५ हजार एकसय रुपैयाँ प्रदान गरेकी छिन् । आफ्ना मातापिताको प्रेरणाले पनि सामाजिक कार्य गर्न आफु प्रेरित भएको उनको भनाई छ ।

उनले हालसालै स्नातकोत्तर अध्ययन सकेर आफ्ना पिताको ब्यवसायमा सहयोग गर्दै आएकी छिन् । उनले जन्मदिनमा गरिने फजुल खर्च कटौती गर्दै सरोकार केन्द्रको दहनीय अवस्था थाहा पाएपछि अपाङ्ग बालबालिकालाई सहयोग गरेको बताइन् । सो अवसरमा उनका पिता निर्मल, आमा सुमित्रा, भाई एसविन भट्टराईको सहभागीता रहेको थियो ।