मिलन भट्टराई
कमल । राजनीति किन आवश्यक भन्ने बित्तिकै नेताहरुको भाषा प्रयोग गर्दा देश बनाउन देश बचाउन भन्ने हरेक नेताहरुको मुखमा झुन्डिएको हुन्छ। यति मात्रै होइन नेताहरुको थेगो भन्दा खासै फरक पर्दैन । हाम्रो शरिरलाई स्वास्थ्य र सुन्दर बनाउन विभिन्न भिटामिनको महत्त्वपूर्ण भूमिका रहे जस्तै हाम्रो देशलाई सुखी र संमृद्द बनाउन पनि नेतृत्व कर्ताहरुको सोचमा निष्पक्ष र अर्घात निश्वार्थ भावनाले काम गर्नु पर्दछ।
बिकासका बारे हामी धेरै नै विभिन्न स्थानहरुमा बहस गर्ने गर्छौ तर, त्यही बहसमा भएका कुराहरुलाई सौद्दान्तिक रुपमा मात्रै हामी कर्म गर्न अगि बढी रहेका छौ। देशलाई सुखी बनाउन त पहिला देशलाई निश्वार्थ रुपमा प्रेम गर्नुपर्छ किन कि आफ्नो जन्मभुमी भनेको जन्मदिने माता सम्मान हुन्छ। यो भनाइलाई शैद्धान्तीक रुपमा मात्र होइन व्यवहारीक रुपमा कार्यान्वयनमा लागू गर्नु पर्दछ।

बिचारले मात्रै देश बन्दैन यदि सोचले मात्रै देश बने भए त हाम्रो देश नेपाल संसारकै धनी देश भनेर यो समयमा चिनिन्थ्यो। यसमा कुनै दुई मत नै हुन्न भने कुरामा विश्वास रहेको छ। हाम्रो देशले गफ दिने नेतालाई चाहिँ प्रशस्त मात्रमा उत्पादन गर्न संक्षम भएको छ। राजनितीक द्लहरु संग बिकासका एजेण्डा काम गर्न नसक्ने पनि छैन तर, पनि एउटा काम गर्ने शैलिले मात्रै अपत्यारीलो अविश्नसनिय बन्दै गएको छ।
राजनीतिक दलका निम्ति जनता भनेको ज्यूदा भगबान हुन किन कि जनताले नै चुनाबमा कुनै एक दलबाट नेतृत्वमा पुग्नलाई आफ्नो अमुल्य भोट दिइ नेतालाई योग्य मानी विभिन्न राजनीतिक अवसर दिइ पदमा पुग्नलाई आफ्नो मत दिने गरेका छन् । तर चुनाबका समयमा नेताहरु जनतालाई देउता माने जस्तो गरेपनि चुनाव पछि पदमा पुगेर त्यही जनताको मतको कदर भएको छैन ।