मेचीनगर । झापाको मेचीनगरमा योजना छनोट क्यापिटल इन्भेस्टमेन्ट प्लान (सिआईपी) तालिम सम्पन्न भएको छ ।

शुक्रबार नगर विकास कोषको संयोजनमा नगरपालिकाको शभाहलमा आयोजित एक दिने तालिममा मेचीनगरका जनप्रतिनिधि नगरप्रमुख, वडाध्यक्ष, कार्यापालिकासदस्यलगायत नगरका अधिकृत स्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिममा नगरपालिकालाई सस्तो व्याजदरमा उपलब्ध हुने ॠणको प्रकृति र त्यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल समेत गरिएको थियो ।

तालिम कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ३ का वडाध्यक्ष हर्क बस्नेत, ५ का वडाध्यक्ष कनक कार्की, ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, ८ का वडाध्यक्ष गिरीराज धमला, ९ का वडाध्यक्ष कञ्चन तामाङ, १० का वडाध्यक्ष नारायण खनाल, ११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधु निरौला, कार्यापालिका सदस्य हृदय राजवंशी, चित्र धिमाल, कविता मिजार, संगिता थापा, बरिष्ट प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, लेखा अधिकृत पदम बहादुर कार्की, योजना अधिकृत इश्वर भट्टराई, ईन्जिनियरद्वय रोशन रिमाल र जीवन भट्टराईलगायतका कर्मचारी तथा नगर विकास कोषका प्रतिनिधि यक्चु शाक्यलगायतको सहभागिता रहेको थियो ।

