मिलन भट्टराई
कमल । नेपाल एक कृषिप्रधान देश हो तर यो देशमा कृषिकर्ममा कुनै इज्जत छैन। नेपालको अधिकांश नागरिकहरु कृषि पेशामा निर्भर छ्न् । यद्यपि आवश्यकता बढेसगै कृषिकर्मलाई सबै भन्दा तल्लो स्तरको काम भनेर केही मानिसहरुको हेपाई सहनु पर्छ।
मल अभावले अहिलेपनि लाखौ किसानहरु निरीह देखिछ। मलको अभावका कारण आफ्नो पसिना अनुहारको उत्पादन पाउन निकै गाह्रो हुने गरेको छ। गाउँ घरमा कुनै संस्थाको माध्यमबाट धेरै मल आइ हाल्यो भने पनि बिहान देखि बेलुकासम्म पालो कुरेर खाली हात फर्किनु पर्ने बाध्यताबाट केही सहज भएको आबस्था छ अहिले।
यसको जिम्मेवार को ? किसानको दोषी को ? यो गम्भीर प्रश्न हो। यसको जवाफ लाखौं किसानले खोजिरहेका छ्न् तर, उत्तर कसैले दिन सकेको छैन र उत्तर दिन पनि आवश्यक ठान्दैनन् ।
हाम्रो अभिभावक हाम्रो नेपाल सरकार जय होस नेपाल सरकार को किन कि केही नभए पनि हरेक बर्ष बजेट भाषणमा किसान दाजु भाईको लागि हजारौ सपना त बाढ्नु छ नि । त्यो त केवल भोटको लागि मात्र सिमित रहेको छ।
हुन त हो पनि हामी नेपाली हाम्रो सरकार बाट यति ठूलो सपना पाउँदा खुसी नहुने कुरो भएन क्यारे । तर, त्यो सपना मात्र सपनामा मात्र सिमित हुने गर्दछ।त्यसैले नेपाल सरकारको जय जयकार गर्न लायक ठान्छु म।
हाम्रो प्रदेश सरकाले करौडौको फर्निचर किन्न सक्छ तर किसानको लागि मल र उन्नत जातको बीउ बिजन खरीद गर्न सक्दैन । किन कि गाउँ गाउँमा सिंहदरबार त्यो भन्दा ठूलो खुसी के हुन सक्छ र किसानको लागि । हाम्रो किसान दाजुभाईको बारेमा सोध्नु आफ्नो कार्यकर्ताको भर्ती केन्द बनाउन पाएकै छन् आफ्नो नजिकको ठेकेदारलाई ठेक्का दिन पाएकै छ्न् । यसैमा हर्षित छ्न् हाम्रो प्रदेश सरकार जय होस प्रदेश सरकारको पनि । अनि उहि ड्याङ्गको मुला भएकोमा स्थानिय सरकारको पनि जय होस ।