काठमाडौँ । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ ।
मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ देखि दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।