धुलाबारी । झापाको मेचीनगर १० स्थित धुलाबारीमा जारी महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । महोत्सवमा मंगलबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन् ।
मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १९ औँ दिन मंगलबार साँझ गायिका तथा मोडल मगरले दर्शकलाई भरपुर मनोरञ्जन दिएकी हुन् ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । सोमबार चर्चित र्यापर लाहुरेको गीतमा दर्शकहरु कम्मर मकाई मकाई नाचेका थिए ।
यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, कमल खत्री, प्रमोद खरेल, शिव परियारलगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् । त्यस्तै आज बुधबार चर्चित व्याण्ड मन्ञ व्याण्डको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ । मन्त्र व्याण्डको प्रस्तुती हेर्न प्रवेश शुल्क रु २५० लाग्ने मेला ठेकेदारले जनाएका छन् ।