समाचार

संसद भवन अगाडी पेट्रोल हालेर आत्मदह प्रयास गर्ने आचार्यको निधन

काठमाडौं । मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ Read More…

शिक्षा

विद्यार्थीका लागि उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि तालिम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको छ । मंगलबार मेचीनगर–३ स्थित जनता माविमा अध्यायनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको हो । काठमाडौं लगायत देशका विभिन्न स्थानका क्याम्पससंगै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि Read More…

संघ \संस्था

मानव वेचबिखन बिरुद्ध पूर्वी नाकामा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

झापा । बिरता लेडिज जेसिज झापाले नेपाल भारत सिमा क्षेत्रमा हुने मानव वेचविखन सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । आज दिउँसो नेपाल भारत सिमा अन्तरगत काँकरभिट्टा नाका मै अन्तरक्रिया आयोजना गरेर मेचीपुलमाथी कार्यक्रम गरेको हो । बीरता लेडिज जेसिजको १९ औँ स्थापना दिवसको अवसर पारेर उक्त चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा माइति Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : प्रथम पुरस्कार १३ लाख ढकाल परिवारले र ५ लाख आदित्य पराजुलीले दिने

भद्रपुर । प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ढकाल परिवारले दिने भएका छन् । मेची रङ्गशालामा फागुन ७ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रु १३ लाख राखिएको छ । सो प्रथम राशिको पुरस्कार सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक नवराज ढकाल, Read More…

संघ \संस्था

लाल भागिरथा बानियाँ प्रतिष्ठानद्धारा मेमोरी किङ शर्मालाई सम्मान गर्दै

बाहुण्डाँगी, १० माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उहाँ लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो । प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार Read More…

संघ \संस्था

खुट्टीडाँगी सामुदायिक वनको साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक वनको २४ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।सामुदायिक वन परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले पर्यटन प्रवद्र्धनमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताए । नगर क्षेत्रमा रहेका सिमसार तथा सामुदायिक वनलाई सिंगार्ने अभियानमा नगरले हातेमालो Read More…

समाचार

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन

झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनले रु ४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको आज उद्घाटन गर्नुभएको Read More…

संघ \संस्था

मेचीनगरमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरू

मेचीनगर । “दिगो शान्तिका लागि, उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा सोमबार आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको छ । आजबाट सञ्चालन भएको तालिम आगामी माघ १६ गतेसम्म सञ्चालन हुनेछ । न्यायिक समिति मेचीनगरको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन शत्रमा बोल्दै मेचीनगर उपप्रमुख तथा न्यायिक समिति Read More…

समाचार

प्रधानमन्त्री र नवनिर्वाचित सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको हो । सभामुखमा निर्वाचित भएपछि उनले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन् । नेकपा ९एमाले०का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका Read More…

विविध

झापा मेचीनगर उपप्रमुख उप्रेतीलाई मोरङमा सम्मान

लक्ष्मी उप्रेतीमेचीनगर । झापा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई आइतबार मोरङमा सम्मान गरिएको छ । मोरङको बेलवारीस्थित पर्यटकीय स्थल वेतना सिमसारक्षेत्रमा भोजपुर याकु पोखरेल प्रतिष्ठान नेपाल विराटनगर—१३ ले नगर उपप्रमुख उप्रेतीले राजनीतिक्षेत्रमार्फत निर्वाचित जनप्रतिनिधिकारुपमा समाजमा पुर्याएको योगदानको उच्च मुल्याङ्कनगर्दै उक्त कर्मको कदर स्वरुप प्रतिष्ठानको दोस्रो साधारणसभाका अवसरमा सम्मान गरिएको हो । प्रतिष्ठानका संस्थापक सदस्य Read More…