मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । यसै क्रममा आज नगर प्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदिको डिल्ली गौडा दक्षिण आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड बढीको लागतमा ३५० मिटर निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यक्रम अन्तर्गत बाधको Read More…
Year: 2023
आजबाट श्री स्वस्थानी व्रत सुरु
काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, Read More…
खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित
झापा । गण्डकी प्रदेशको पोखरामा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ । पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक Read More…
बाहुनडाँगीमा माघ १ गते तरुल उत्सव हुने
झापा । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा माघ १ गते तरुल उत्सव हुने भएको छ । मेचीनगर–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले माघ १ गते तरुल उत्सव आयोजना गर्न लागेकाे हो । हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र Read More…
मेचीनगरमा ६३ वटा मुद्धा दर्ता, ५२ वटा किनारा
मेचीनगर । मेचीनगर नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७८/०८९ को असार २० गतेदेखि २०७९ पौषमसान्तसम्ममा विभिन्न प्रकृतिका ६३ वटा मुद्घा दर्ता भएका छन् । न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयका अनुसार सवैभन्दा बढी जग्गा लेनदेन सम्बन्धिका ३४ वटा निवेदन छलफलकालागि दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/०७८ वा २०७८ मंसिरमहिना देखि २०७९ Read More…
प्रधानमन्त्री कप महिला टि-२० : प्रदेश नं १ टिम छनोट शुरु
झापा । झापाको मेचीनगरमा प्रधानमन्त्री कप महिला टि-२० प्रादेशिक क्रीकेट छनोट प्रतियोगिता २०७९ आजबाट शुरु भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आज भएको उद्घाटन खेलमा झापा जिल्लाले विजयी सुरुवात गरेको छ । राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यको बर्चस्व रहेको झापाले मोरङ महिला क्रिकेट टिमलाई १४७ रनले पराजित गरेको छ । टस जितेर पहिले Read More…
मेचीनगरमा सर्वदलिय बैठक सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको समग्र विकास र समसामायीक बिषयको सम्बन्धमा नगरका सक्रिय राजनीतिक दलसंग छलफल सम्पन्न गरेका छन् । बुधबार मेचीनगर कार्यालय परिसरमा नगरप्रमुख बुढाथोकीले समृद्ध विकास र नगरको अहिलेको बिद्यमान अवस्थाको बारेमा सर्वदलिय बैठकको आयोजना गरी छलफल अगाडी बढाएका हुन् । मेचीनगरमा आज बसेको सर्वदलीय बैठकले सक्रिय राजनीति दलका Read More…
झापा : कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु
झापा । झापाको दमकमा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु भएको छ । मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका- ४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै भोटे घाइते भएका थिए । दमक–४ स्थित मदन भण्डारी स्मृति Read More…
प्याब्सन झापा : जिल्लास्तरीय वृहत गायन तथा नृत्य प्रतियोगिता पुस २४ र २५ गते हुने
भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)को ३२ औं स्थापना दिवसको अवसरमा दुईदिने जिल्लास्तरीय वृहत् गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्याब्सन जिल्ला कार्य समिति झापाले आफ्नो स्थापना दिवसको अवसरमा सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला अगाडिको खुला मैदानमा यही पुस २४ र २५ गते जिल्लास्तरीय वृहत् गायन तथा नृत्य प्रतियोगिता गर्न लागेको Read More…
भद्रपुर झापा गोल्डकपको तयारी तिब्र, विजेताले १३ लाख पाउने
झापा । भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा अहिले भद्रपुर झापा गोल्ड कप मुल आयोजक समितिले तयारीलाई तिब्रता दिइरहेको छ । बिगत १८ बर्ष यता राष्ट्रिय स्तरकाे कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको मेची रंगशाला भद्रपुरमा यहीँ फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरकाे Read More…










