समाचार

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाइँदै, कुन-कुन पार्टीबाट बन्दैछन् उपप्रधानमन्त्री ?

काठमाडौं । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी Read More…

संघ \संस्था

सांसद सहित नगरप्रमुख र सिडियोले गरे हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीको अनुगमन, स्थानीयद्वारा समस्या हल हुनेमा विश्वास

बाहुनडाँगी । बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र दिगो रुपमा हात्ती समस्या समाधानकोबाटो पहिचान गर्न सोमबार संघीय सांसद द्वय निशा डाँगी र इन्दिरा राना मगर बाहुनडाँगी पुगे । राष्ट्रिय स्वतन्त्रपार्टीबाट निर्वाचित संघीय सांसद द्धय निशा डाँगी, इन्दिरा राना मगर सँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्लावन कार्यालय झापा डेफू , मेचीनगर नगरपालिकाका Read More…

स्वास्थ्य

कनकाई नगर अस्पतामा अक्सिजन प्लान्ट सञ्चालन

झापा । झापाको कनकाई नगरपालिकाले नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । आज सोमबार एक कार्यक्रमका बिच कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त अक्सिजन प्लान्टको उद्घाटन गर्नूभएको हो । नगरप्रमुख पोखरेलले आफ्नो तर्फबाट अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख दिने घोषणा गरेर सुरु भएको अक्सिजन प्लान्ट स्थापना अभियानका लागि कनकाई Read More…

समाचार

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ । विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा Read More…

समाचार

राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनवारे अन्योलमा निर्वाचन आयोग

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’ निर्वाचन आयोग नै अन्योलमा देखिएको छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट Read More…

अर्थ

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

झापा । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य सूची बढेर आएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ Read More…

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो ज्ञापन पत्र

मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा शाखा Read More…

खेलकुद

मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले बुझायो नगरप्रमुख थापालाई ९ बुद्धे ज्ञापन पत्र

दमक । खेल र खेलाडीको विकास सम्वन्धिका विभिन्न मागहरु सहितको ९ बुद्धे ज्ञापन पत्र दमक नगरपालिकाका नगर प्रमुख राम थापालाई मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले आज बुझाएको छ । झापाको दमक स्थित दमक नगर पालिकाको नगर प्रमुखको कार्यकक्षमा पुगेर एकेडेमीका नगर कमिटी अध्यक्ष लोकेश न्यौपाने नेतृत्वको टोलीले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको हो । Read More…

समाचार

मेचीनगर २ को दुई दिने कृषि अवलोकन भ्रमण

भृकुटी । आफ्नो वडामा रहेका कृषि क्षेत्रमा आत्मानिर्भर सहित कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मेचीनगर २ ले दुई दिने कृषि अवलोकन भ्रमण सम्पन्न गरेको छ । वडा कार्यालयको कृषि क्षेत्रमा रहेको बजेट मार्फत कृषकहरुको भ्रमण गरिएको हो । भ्रमणका लागि वडा कार्यालयले १ लाख ५० हजार बिनियोजन गरेको थियो । वडा अध्यक्ष दिपक बरालको नेतृत्वमा वडाका Read More…

संघ \संस्था

बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् । मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग सीमा जोडिएको मेची खोला वगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका हुन् । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ Read More…