मेचीनगर । सरस्वती मावि मेचीनगर ४ को अध्यक्षमा पुनः सोम आचार्य चयन भएका छन् । विद्यालयको सोमबार सम्पन्न अभिभावक भेलाले आचार्यलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन गरेको हो । आचार्य नवज्योति निमाविका पूर्व प्रअसमेत हुन् । यसैगरी तीनबर्षे कार्यकालको लागि समितिको सदस्यमा गंगादेवि कार्की, चन्द्रबहादुर रायमाझी, जुना कटुवाल, सविना मगर र अर्चना रसाइली रहेका छन् ।
यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा प्रविण भण्डारी चयन भएका छन् । उनलाई पनि सोही भेलाले सर्वसम्मत छनोट गरेको हो । भण्डारी बाहुण्डाँगीका सामाजिक अभियान्ता हुन् ।
अध्यक्ष सोम आचार्यको सभापतितब तथा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जग्गा दाता अमरबहादुर बुढाथोकी, समाजसेवी निलकण्ठ तिवारी, मेचीनगर ४ का वडा सदस्य पवन बराइली, सनत अधिकारी, गंगादेवी कार्कीको उपस्थिति रहेको थियो ।
प्रअ भिम श्रेष्ठले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए भने, शिक्षक अनिता थापाको स्वागत तथा विक्रम थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

