मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ९ वडा कमिटीको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । आइतबार स्थानीय हरि आधारभूत विद्यालय परिसरमा सम्पन्न एक दिवसीय निःशुल्क स्वास्थ शिविरमा सहभागीहरुले आँखा परिक्षण, दन्त परीक्षण र फिजिसियन सम्बन्धी सेवा लिएका थिए ।
निःशुल्क स्वास्थ शिविरमा आँखा परिक्षण तर्फ १४४ जना, दन्त परीक्षण तर्फ ६८ जना र फिजिसियन तर्फ ९६ जना गरी ३०८ जनाले निःशुल्क सेवा लिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ९ वडा कमिटी उपसभापती शिशिर पोख्रेलले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ९ वडा कमिटीको सभापती प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर उदघाटन शत्र कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सभापति ओम भण्डारी, जिल्ला सभापति उमेश खरेल, शिक्षा प्रमुख प्रेम सागर घिमिरे, क्षेत्रिय सभापति भिम कुँवर, मेचीनगर सभापतिकमल गौतम, उपसभापति, सन्तोष राजवंशी, सचिव असिम दाहाललगायतका नेतृत्वको आतिथ्यता रहेको थियो ।


