मेचीनगर । मेचीनगर ४ स्थित बाहुण्डाँगीमा दुई दिने तरुल महोत्सव आयोजना हुने भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा वडा नम्बर ४ को व्यवस्थापनमा यहीँ पुस २९ र माघ १ गते बाहुण्डाँगी बजारमा दोस्रो तरुल महोत्सव हुने भएको हो ।
यतिबेला महोत्सवको तयारी तिब्र पारिएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । ‘दोस्रो तरुल महोत्सव आयोजना हुँदैछ, ‘तरुल किन्न सबैलाई निम्तो गर्दछु उनले भने ।’
स्वास्थ्यका लागि अत्यन्तै पौष्टिक मानिएको तरुल खेतिलाई प्रोत्साहन गर्न र ग्रामीण जीवनशैलीलाई हौसला प्रदान गर्न तरुल महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।
गत बर्ष माघ १ गतेका दिन एक दिवशीय आयोजना गरिएको तरुल महोत्सव यो बर्ष दुई दिनसम्म आयोजना गर्न लागिएको छ । कोशी प्रदेशमै बाहुण्डाँगीमा मात्रै आयोजना हुने तरुल महोत्सवले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुग्ने मेचीनगर नगरपालिकाले अपेक्षा लिएको छ ।

