कमल । झापाको कमल ३ स्थित केर्खा बजारमा रहेको केर्खा पब्लिक स्कूलको स्पोर्टस् मिट २०८० सुरु भएको छ । आजबाट सुरु भएको स्पोर्टस् मिटको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण आचार्य गौतमले गरेकी थिइन् । उनले पानसमा द्विप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

विद्यालयले पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि संगसगै अगाडी बढाउँदै आइरहेको छ । सोहि कार्यलाई निरन्तरर्ता दिर्दै विद्यालयले स्पोर्टस् मिट २०८० आजबाट सञ्चालन गरेको फाउण्डर प्रिन्सिपल तिलोचन गौतमले जानकारी दिए । उनका अनुसार सोमबारबाट सुरु भएको विद्यालयको खेलकुद गतिविधि माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

टेवलटेनिस, चेस, व्याटमिन्टन, दौड, म्याथ रेस, स्पोन रेस, थ्रेस एण्ड निडल रेस, कक फाइट, म्यूजिकल चियर, स्पाक रेस, चकलेट रेस, हट पोटाटो, बेलुन ब्लाष्टलगायतको खेलकुद प्रतियोगिताको विजेता विद्यार्थीहरुलाई माघ १९ गते एक कार्यक्रमका बिच पुरस्कार तथा मेडल, ट्रफि, प्रमाण पत्र वितरण गरिने उनले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको कार्यक्रम सञ्चालन खेल शिक्षक प्रशान्त आचार्यले गरेका थिए ।


