मेचीनगर । आलडाँगी युथ क्लब नेपालद्वारा श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसरमा बाहुण्डाँगीमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगरको साबिक बाहुण्डाँगी गाविस स्थित आलडाँगी युथ क्लबले बुधबार सरस्वती पुजाको अवसरमा विभिन्न रचनात्मक खेल खेलाउँदै कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुमित राउतको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा म्यूजिकल चियर, हण्डी फोर, लठारो तान्ने, बाँस चड्ने, छेलो हान्ने, बेलुन फुलाउने, स्लो बाइक रेसलगायतका खेलकुदजन्य गतिविधि भएका थियो । त्यस्तै सोहि कार्यक्रममा सवाल जवाफसंगै साँस्कृतिक नृत्य समेत कलाकारहरुले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व वडाध्यक्ष नविन बराल, वर्तमान वडासदस्यहरु पवन बराइली, नुरबहादुर कार्की, युवा समाजसेवी सागर कार्की, मेगराज खड्कालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका हेमकुमार प्रधानले गरेका थिए ।

