मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ७ स्थित गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । श्री गोपेश्वर शिवालय मन्दिर समितिले फागुन १९ गते शनिबार भोलिदेखि २५ गतेसम्म मन्दिर परिसरमा ज्ञान महायज्ञ सञ्चालन गरिने भएको हो ।

पंण्डित सोमनाथ सुवेदीको बाट मूल पाठ तथा पूजा अर्चना गरिने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पण्डित हेमसागर कौशिक उपवाचक रहेको पुराण आयोजक मुल समितिका अध्यक्ष तीर्थराज पौडेलले जानकारी दिए । पुराणमा प्रत्येक दिन झाँकी समेत प्रस्तुत हुनेछ ।

फागुन १९ गते कलश यात्रा निकालिने छ । महायज्ञमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग साधना, ७ बजेदेखि ९ बजेसम्म पूजा अर्चना, ९ बजेदेखि श्रीमद्भागवत मूल पाठ , दिउँसो १२ बजेदेखि १ बजेसम्म विश्राम, ५ बजेसम्म सङ्गीतमय प्रवचन र ७ बजेदेखि १० बजे रातीसम्म भजन र्कीतनको कार्यक्रम रहेको समितिले जनाएको छ ।
आयोजकका अनुसार फागुन २५ गते महाशिवरात्रीको अवसरमा पुराण समापन हुने छ । उक्त दिन सामुहिक ब्रतबन्ध, गुन्यूचोलीसंगै दशांस हवन कार्यक्रम रहने आयोजकले जनाएको छ ।