झापा । झापामा हार्षोल्लासका साथ यस वर्षको होली पर्व मनाइँएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । सोहि अनुरुप आज झापामा धुमधामका साथ होली पर्व मनाइएको हो ।
परापूर्व कालदेखि नै असत्यमाथि सत्यको विजयको रुपमा हार्षोल्लासका साथ होली मनाइन्दै आएको छ। झापामा पनि आजको दिन युवा युवतीसंगै अन्य सबै उमेर समुहले विशेष उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाएका हुन् ।

होलिका दहनको खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार यसपालि पनि झापामा सबै मिलेर धुमधामका साथ होली पर्व मनाउँदा रमाइलो भएको स्थानीय राम गिरी बताउँछन् ।
परापूर्वक कालदेखि चलिआएको धार्मिक होली पर्व आपसी सद्भावको रुपमा विकसित हुँदै गइरहेको छ । बिगतमा सिमित समुदायले मात्रै मनाउने होली पछिल्लो समय हिमाल पहाड र तराई सबै क्षेत्रका समुदायले मनाउने नेपालीहरुको साझा पर्वको रुपमा विकसित भएको मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला बताउँछन् ।
आज झापाको काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी, भद्रपुर, विर्तामोड, अर्जुनधारा, सुरुङ्गा, दमकलगायतका ठाउँमा युवाहरूले एकअपसमा रङ–अबिर दलेर होली पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
S