मेचीनगर । मेचीनगर-७ इटाभट्टा स्थित झापा नेशनल स्कुलले शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूकाे क्षमता बढाउन नयाँ रणनीति अघि बढाउने भएको छ ।
विद्यालयले नयाँ शैक्षिकसत्रदेखि पीजीदेखि कक्षा-४ सम्मका विद्यार्थीकाे पढाइ बुकलेश मार्फत गर्ने भएको छ ।

विद्यार्थीहरूलाई प्रविधि संग जोडेर अध्ययन गर्न र बुझ्न सहज होस् भनेर विद्यालयले राेवेटिङ ग्याम्स एण्ड पाेडिङ ल्याबलगायतकाे सञ्चालन समेत गरिएको झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।
विद्यालय सधैं विद्यार्थीहरूको भविष्यसंग संवेदनशील रहेको बताउँदै प्रिन्सिपल भेटवालले समय सापेक्ष शिक्षा प्रदान गर्न विद्यालय नयाँ नयाँ गतिविधि गरिरहेको बताए । साथै उनले अहिले विद्यालयले एकाडेमिक लेवल जाच्न एएलआइ लागू गरिरहेकाे बताए ।
विद्यार्थीहरूकाे क्षमता बढाउने उदेश्यले एएलआइ मार्फत एकाडेमिक लेवल मापन गरिनेछ । विद्यार्थीकाे एकवर्ष भित्र सय प्रतिशत लेवल बढाउने छाैँ । साना कक्षाका विद्यार्थीहरूलाई कितावकाे भारी नबाेकाउने गरि बुकलेश अनुसार पढाउने छाैँ ।
गतवर्षदेखि राेविटिक्स एण्ड पाेडिङ ल्याव समेत सञ्चालन भइरहेकाे उनको भनाइ छ । राेविटिक्स एण्ड पाेडिङ ल्याव झापामा पहिलाे पटक झापा नेशनल स्कुलले सञ्चालन गरेकाे प्रिन्सिपल भेटवालकाे दावी छ ।
विद्यालयले पढाइ संगै विभिन्न खेलकुद लगायतका गतिविधि गरिएको छ । त्यहीँ अनुसार यही २५ गतेदेखि फुटबल फ्रि क्याम्प गर्ने भएको छ ।
आज स्कुलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा झापा नेशनल स्कुलका प्रिन्सिपल भेटवालले यही २५ गतेदेखि ३० गते सम्म काँकरभिट्टा मेची सामुदायिक हलमा अन्डर १४ का विद्यार्थीहरूकाे फुटबल क्याम्प हुने भएको जानकारी दिए ।
´एन्फाबाट सार्टिफिकेट भएकाबाट अन्डर-१४ का विद्यार्थीहरूलाई प्रशिक्षण दिइनेछ उनको भनाइ छ ।
१० कठ्ठा जग्गामा सञ्चालित स्कुलमा पीजीदेखि कक्षा-१० सम्मका ६५० जना विद्यार्थी रहेकाे बताइएकाे छ ।
पत्रकार सम्मेलनकाे सहजीकरण स्कुलका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पाैडेलले गरेका थिए ।