इलाम । नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेम्वाङले मनोनयन दर्ता गराएका हुन् ।
इलाम–२ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ दिवङ्गत नेता नेम्वाङका छोरासमेत हुन् ।
स्वर्गीय बुबाको विरासत कायम राख्दै जनपक्षीय सेवामा समर्पित हुन आफुले एमालेकाे तर्फबाट उम्मेदवारी दर्ता गराएको सुहाङ बताउँछन् ।
यसपटक नेकपा एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ ।