स्वास्थ्य

धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु

मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ ।

धुलाबारी क्याम्पस रोडमा अनुभवी पशु प्राविधिकद्वारा एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको भव्य रूपमा समुद्घाटन सम्पन्न भएको हो ।

विधिवत रुपमा आजबाट आफ्नो सेवा सञ्चालन गरेको झापा केनल क्लब एण्ड पेट क्लिनीकमा जनप्रतिनिधिदेखि सामाजिक, राजनितीक तथा स)घसंस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मेचीनगर वडा नं ८ प्रतिभा (पुण्यं) चोकमा पाउ पाथीभरा भेटेरेनरी औषधि पसल र आर.के.एग्रो एण्ड एनोमल फिड सेन्टरको सफलता पछि धुलावारी क्षेत्रका किसानहरुको मागलाई ध्यानमा राखी सो पसल सञ्चालनमा ल्याइएको झापा केनल एण्ड पेट क्लिनिकका सञ्चालक रामकुमार गिरी बताउँछन् । उनले अब अझ प्रभावकारी सेवा प्रदान गर्न दुई स्थानमा सेवा सुचारु गरिएको बताए ।

झापा केनल क्लब एण्ड पेट क्लिनीकमा गिरीसंगै कमल बानिँयाको लगानी रहेको छ ।