राजनीति

एमाले मेचीनगर अध्यक्षमा कार्की सर्वसम्मत

काँकरभिट्टा । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा राजु कार्की सर्वसम्मत चयन भएका छन । एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । जेठ ५ गतेदेखि सुरु अधिवेशनले अध्यक्षमा कार्की, महिला उपसचिवमा जानुका ओली र सदस्यहरु सहमतिबाट टुंङ्गा लगाएको छ ।

निर्वाचन समितिले यसअघि सर्वसम्मत भएका बाहेकका उम्मेदवारहरुको मंगलबार दिउँसो ४ वजेदेखि साँझ ६ वजेसम्म दावी, विरोध र फिर्ताको समय तोकेको थियो । राति अवेरसम्म शिर्ष नेताहरुको वैठकपछि अध्यक्षका दुई जना प्रतिस्पर्धी राजु कार्की र जगन्नाथ भट्टराई मध्ये कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरेको बताइएको छ ।

वैठकमा पार्टीका नेताहरु रविन कोइराला, मीना पोखरेल उप्रेती, विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, देवकुमार राई, राजु पोखरेल लगायत रहेका थिए । ७० पदका लागि १६० जनाको उम्मेदवारी परेको थियो । नगर कमिटीको उपाध्यक्ष, सचिव र खुल्ला उपसचिवको टुङ्गो लाग्न बाँकी रहेको छ । श्रोतका अनुसार आज विहान १० वजेसम्म बाँकी पदहरुमा समेत सर्बसम्मत नभए मतदानको प्रक्रियामा जाने बताइएको छ ।