शिक्षा

गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला

मेचीनगर गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला हुने भएको छ ।

अत्याधिक गर्मी बढेसंगै मेचीननगर क्षेत्रका सबै विद्यालय सूचना जारी गर्दै आज सोमबार बिदा दिइएको थियो । तर, राति पानी परेसंगै नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ । 

नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौषममा सुधार आएकाले हिजो जारी गरिएको सूचनालाई फिर्ता लिई विद्यालय सूचारु गर्न अर्को सूचना जारी गरिएको बताए । उनले सामाजिक सञ्जाल मार्फत एक सुचना जारी गर्दै आज नगरका सबै सामुदायिक र निजि विद्यालयको पठन पाठन सूचारु हुने बताए  ।