संघ \संस्था

काँकरभिट्टा खानेपानीको चुनाव सम्पन्न, ७४ प्रतिशत मत खस्यो

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावमा ५ हजार २० मत खसेको छ ।

काँकरभिट्टा मावि परिसरमा आज सम्पन्न खानेपानीको चुनावमा ७४.२ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए ।

उनले ६ हजार ७७४ मतदाता मध्ये ५ हजार २० जनाले मतदान गरेको जानकारी दिए । विहान ८ वजेदेखि सुरू भएको मतदान ५ वजे सकिएको थियो । मतदान सोवार्धपूर्ण वातावरणमा आज सम्पन्न भएपनि मतगणना भने भोलि विहान ८ वजेदेखि मात्रै खानेपानी कार्यालयको सभाहलमा हुने निर्वाचन समिति संयोजक राजु कार्कीले बताए ।

काँकरभिट्टा खानेपानीको आगामी नँया नेतृत्वका लागि सन्तोष आचार्य नेतृत्वमा प्रगतिशील समाजवादी संयुक्त प्यानल ( नेकपा एमाले र जनता समाजवादी) रोहित बुढाथोकी नेतृत्वमा प्रगतिशील प्यानल (नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च) तथा सुदर्शन खड्का (माइला) को नेतृत्वमा स्वतन्त्र प्यानल चुनावी मैदानमा होमिएका छन् ।