काठमाडौँ । कमेडी च्याम्पियन्स सिजन ३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कमेडी च्याम्पियनको शनिबार साँझ सम्पन् फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता बनेसंगै खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् ।

यस्तै फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने सेकेन्ड रनरअप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरे।
चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा कलाकारहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए ।