शिक्षा

मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

मेचीनगरका ३८ वटा निजी विद्यालय सहभागी एसईई परीक्षमा ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए ।

भण्डारीका अनुसार सनसाईन अँग्रेजी मावि मेचीनगर ८ का ८ जनाले परीक्षा दिएकोमा सबै उर्तिण भएका छन् भने दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ जनामा सबैले उर्तिर्ण गरेका छन् । थेसिस अँग्रेजी विद्यालय मेचीनगर ३ का १८ जनामा १८ जना नै पास हुँदा सनसाईन अँग्रेजी मावि मेचीनगर २ बाट १८ जनाले परीक्षा दिएकाेमा सबै उतिर्ण भएका छन् ।

त्यसैगरी वालवाटिका अँग्रेजी माविका  ८ जनामा ८ जनाले नै उर्तिण गरेका छन् भने आदर्श विद्या मन्दीर मेचीनगर ९ का ७ जना परीक्षामा सामेल भएकोमा सबैले उर्तिण गरेका छन् । हिमालयन अँग्रेजी मावि मेचीनगर ९ बाट ५ जना विद्यार्थीले परीक्षा दिएकोमा सबै उर्तिण भएका छन् । मेचीनगर १४ को मिनिल्याण्ड अँग्रेजी माविबाट एक जना विद्यार्थी सहभागि भएर उर्तिण भएको मेचीनगर शिक्षा शाखा प्रमुख भण्डारीले जनाकारी दिए ।

एसईई परीक्षामा मेचीनगरबाट सामुदायिक तर्फबाट १०५८ जना र निजी विद्यालयबाट ९३६ जना गरी जम्मा १९९४ सहभागि भएका मध्ये सामुदायिक तर्फबाट ३२२ जना निजीबाट ७२३ जना गरी जम्मा १०४५ जना उत्तीर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ । मेचीनगरबाट सामुदायिक विद्यालयबाट करीब ३०.३४ प्रतिशत तथा संस्थागत विद्यालयबाट करीब ७७.२४ प्रतिशत उत्तीर्ण भएका हुन् ।

यो बर्षको एसईई परीक्षामा समग्रमा मेचीनगरमा ५२.४० प्रतिशत उर्तिण भएको शिक्षा प्रमुख भण्डारीले बताए । असार १३ गते प्रकाशीत भएको एसईई परीक्षा २०८० को नजितामा नेपाल भरमा ४७.८६ प्रतिशत तथा झापामा ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।