मेचीनगर । मेचीनगर नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको ।
नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको तर्फबाट उक्त कार्यक्रम अगाडि बढाउन त्रिपक्षीय सम्झौता भएको छ ।
१ करोड २० लाखबढीको लागतमा हुने उक्त कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिकाले ४७ लाख ८ सय २५ रूपैयाँ विनियोजन गर्ने छ । सम्झौता अनुसार कार्यक्रम सफल पार्न करूणा फाउन्डेसन तथा कोशी प्रदेश सरकारको तर्फबाट पनि सोही बराबरको बजेट विनियोजन गर्नेछन् ।
मेचीनगर, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको संयुक्त साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोग रहनेछ ।
सम्झौता कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होम भण्डारी, सामाजिक विकास शाखा प्रमुख बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, करूणा फाउन्डेस नेपालका निर्देशक योगेन्द्र गिरी, कार्यकारी निर्देशक दिपक सापकोटालगायतको सहभागीता रहेको थियो ।