शिक्षा

एसईई : सनसाईन स्कुलको नतिजा प्रत्येक बर्ष शत प्रतिशत

मेचीनगर । मेचीनगर ८ स्थित सुनाखरी टोलमा रहेको सनसाईन अंग्रेजी माविले विगत बर्ष झै यसबर्ष पनि एसईई परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

यस विद्यालयबाट विद्यार्थीहरूले यसअघि पनि माध्यमिक तह एसईईको परिक्षामा सातौं पटक सहभागिता जनाइसकेका छन् । त्यसमा पनि विद्यालयबाट सहभागी भएका सम्पूर्ण विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका थिए । त्यसलाई निरन्तरता दिदै यसपटक २०८० को एसईई परीक्षामा पनि शत प्रतिशत नतिजा ल्याउन सफल भएको सनसाईनका प्रिन्सिपल ख्यामराज थाम्सुहाङले जानकारी दिए ।

सनसाईनबाट यसपटक ८ जना विद्यार्थी एसईई परीक्षा २०८० मा सहभागी थिए, त्यसमा उत्कृष्ट नतिजा ३.३५ देखि २.९० जिपिए ल्याएर प्रितिका बिक कुञ्जना बराल, सुस्मीता मगर, रोश्नी मेचे, इशा धिमाल, इशिका मेचे, आरोशी गौली र मनिश थापामगर उतिर्ण भएको प्रिन्सिपल थाम्सुहाङ जानकारी दिए । उनले विद्यार्थी, शिक्षक र अभिभावकहरूको अथक प्रयासबाट यो सम्भव भएको बताउँदै आगामी दिनमा पनि विद्यार्थीको थप शैक्षिक गुणस्तर उकास्न विद्यालय परिवार लागि पर्ने बताए ।