खेलकुद

युरोकप : आज पोर्चुगल र फ्रान्स खेल्दै

काठमाण्डौं । युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।

आज राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । पोर्चुगल समूह ‘एफ’ मा शीर्ष स्थान र फ्रान्स समूह ‘डी’ मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । 

त्यस्तै आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् ।  जर्मनी समूह ‘ए’ र स्पेन समूह ‘बी’ मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् ।