काठमाडौँ। जर्मनीमा जारी युरोकपको सेमिफाइनल खेल आजबाट सञ्चालन हुँदैछ ।
आज हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार दुई टिम स्पेन र फ्रान्स आमने सामने हुदैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ ।
फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
दोस्रो सेमिफाइनलमा भोलि राति इंग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरोकपको फाइनल आउँदो सोमवार राति हुनेछ ।