विचार

“जे भोग्छौँ त्यसको सुरुवात हिजो आफैले नै गरेका हुन्छौँ”

खेमराज थाम्सुहाङ्ग
आज हामी जे भोग्छौँ त्यसको सुरुवात हिजो आफैले नै गरेका हुन्छौँ, भविष्यमा जे अवस्था हुन्छ त्यो वर्तमानको परिणाम बुझ्नुपर्छ । हामी विगत र वर्तमानमा जे भोग्छौँ त्यो स्वाद मनोरञ्जन र फाइदामा डुब्ने हुँदा आउने दिनहरुलाई हामी बिसिन्छौँ । यस सन्दर्भमा भन्नुपर्दा आज जुन विद्यालय परीक्षा मूल्याङ्कन (एसइइ) ले परिणाम देखाएको छ । त्यो सम्बन्धित विभाग तथा सरोकार व्यवस्थाको गल्ती होइन । विगतको अवस्था र भविष्यको उज्वल हामी हेर्न चाहान्छौँ भने यतीको कडाइ हुुनुपर्छ । सहज र सरल रुपमा सबैले शिक्षा अध्ययन गर्न पाउनुपर्छ तर संस्कार र अनुशासन बिनाको फ्यातुलो किसिमको विद्यालय तहको उर्वरा उमेरमा हावादारी ढंगमा उत्र्रिण गराएर होइन ।

यस सालको परिणाम चौतफी भनौँ अध्यापन गराउने गर्ने, अभिभावक, समाज र वातावरण सकैको कमजोरी देखिन्छ । सम्बन्धित विभागले पनि ठूलो लगानी तथा भौतिक निर्माण, तालिम, विद्युतीय सामाग्री र अन्य सहायक ब्यवस्था गरिरहेको छ । यती मात्र नभएर अन्य अतिरिक्त पठन पाठन व्यवस्थालाई प्रभावकारी व्यवस्थित बनाउनु पर्ने देखिन्छ ।

नावालकहरुलाई पठन पाठन गराउने संस्था यस्तो संवेदनशिल हो जहाँ एक परिवारको अर्को पुस्ता अभिवृद्धि हुनको निम्ति खर्चिएको हुन्छ भने सभ्य सभाज र राज्यको नयाँ रुप वा आकार निर्माण गर्ने भइरहेको हुन्छ । त्यसैले सरकारको लगानी र अभिभावकको पसिाना र सपना सहित बगीरहेको हुन्छ ।
राज्यले भविष्यको निम्ति अपेक्षा र अभिभावकले आउने दिनको निमित्त निरन्तर आशाको केन्द बनाएको संस्थालाई स्वार्थी हिसावले झोले प्रविधि ढंगमा रोजगार र कमाउने बनाएको कारण २०८० को परिणामले बताएको देखिन्छ ।

संम्बन्धित क्षेत्र र विषगतको पूर्ण योग्यता, सिप, ज्ञान, अनुभव र समय दिनसको हूँदा राम्रो हुन्छ नत्र अन्य पेशामा अपनाए राम्रो हून्छ होला । बौद्धिकको क्षेत्रमा बल, सेवाको क्षेत्रमा व्यापार र राजनीति,अध्यापन गराउने संस्थामा निशुल्क र सहुलियत। गाउँ गाउँमा क्षेत्रगत हिसावले भनसुन मान्छेराखेर, नावालकहरुको गुणस्तरीय विकास भन्दा पनि संख्थाको चाप दोब्बर गराई कक्षाकोठा र एक व्यक्तिले सिकाइमा नियन्त्रण गर्न नसकेको परिणाम देखिन्छ । यो विषयलाई विद्यालय प्रशासनले पनि गहन रुपले बुझिदिए राम्रो हुन्छ भन्ने आशा हो ।

हुन त विद्यालय तहका भाइ बहिनीहरु नावालक र अवोध मानिन्छ । तर पनि मेरो लागि बढ्दैछु भन्ने बुझ्नुपर्छ । नियमित विद्यालय उपस्थित हुनुपर्छ, शिक्षक, शिक्षिका र अभिभावकको निर्देशनमा चल्नुपर्छ, कस्तो तत्व र हाउभाउले म कुलत र कुमार्गमा फस्छु भन्ने पहिचान गर्न प्रयास गर्नुपर्छ, बा–आमाले म माथि कस्तो सपना देखेको छ भन्ने चिन्न सक्नुपर्छ ।

अभिभावक ज्यूहरु पनि आफ्ना नानीमाथि भावना र संवेगको दृष्टिभन्दा पनि व्यवहारिक नजरले ख्याल राख्नुपर्छ । प्रत्येक हप्ता नभए पनि मासिक रुपमा विद्यालय गई विषयगत शिक्षक शिक्षिका तथा प्रशासनसँग आफ्ना नानीबारे भलो कुसारी गर्नुपर्ने हुन्छ ।

नानीको कुरा मात्र सुनी विद्यालयमा गएर होहल्ला गर्ने काम गर्नु हुँदैन । कति बजे बिद्यालय लाग्छ, बिदा हुन्छ , परीक्षा, अतिरिक्त कक्षा लाग्ने जस्त जानकारी लिनु पर्छ ।

साधारण घरायसी काम र व्यवसायिक विषयमा पनि संलग्न गराउनु पर्छ । विश्वको सबै बुझ्ने चिन्ने तर हजुरबा–आमा को नाम नजान्ने, आफन्त र छिमेकी नचिन्ने बनाउनु हुँदैन । अग्रज (सिनियर) भएको कारण आफ्नो टोल, समाज, समुदाय र गाउँघरमा आफ्ना सगंसघै र अरुको नानीहरुलाई पनि कुसमय, कुलत, कुमार्ग लक्षणतिर देखिएमा सम्बन्धित अभिभावकलाई सुनाइदिने साथै स्वं आफैले पनि सम्झाइदिने गर्नुपर्छ ।

समाजले पनि वार्षिक परीक्षाको समय अवधिमा (चैत्रको दोस्रो हप्तादेखि–चौँथो हप्ता सम्म) कुनै पनि लामो समयको कार्यक्रम मेला र महोत्सव जस्तो सञ्चालन गर्न केही दिन स्थगित गर्नु पर्ने हुन्छ ।

अन्तः विद्यालय तहमा अध्ययनरत नावालक–बालिका अवोध भएको कारण सबैको निगरानीमा गुणस्तर शिक्षा पाओस, स्वास्थ नागरिक, सामाजिक र राष्ट्रिय भावनाको विकास होस भन्ने आम नेपाली नागरिकको मनमस्तिष्कमा हुनुपर्ने हुन्छ ।

नत्र वर्तमान परिस्थितिलाई हेर्दा विकसित देशको नेतृत्व र नेपालको नेतृत्वमा हेर्दा कति दुरी देखिन्छ ? भविष्यमा त्यो भन्दा दुरी अझ बढेर जाने सम्भावना हुन्छ ।