संघ \संस्था

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ को नगरमा भई गरेको कार्यक्रको बिहिबार सार्वजनिक सुनुवाई भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविन अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवानलगायतले बोल्दै नगर र नगरबासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत बिषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । साथै स्थानीय सरकारको हैसियतले मेचीनगर क्षेत्रको व्यापार व्यवसायमा प्रवर्द्धन, लागुऔषध दुव्र्यशनी न्यूनिकरण, खेलकुद क्षेत्रको विकास तथा पन्द्रवटै वडामा प्राथमिकताका आधारमा भौतिक पुर्वाधार विकास हुनुपर्ने उनिहरूको भनाइ थियो ।

कार्यक्रममा सहभागीबाट आएका गुनासो तथा सुझापलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सम्बोधन जफाव दिएका थिए । सुशासनका लागि सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले अहिले थुप्रै जनमुखी कार्यहरू अगाडि बढाइएको भएतापनि अझै धेरै गर्न बाँकी रहेको बताए । उनले समग्र मेचीनगर र नगरबासीको विकासका लागि ठोस नतिजा आउनेगरी कामहरू अगाडि बढीरहेको बताउँदै अब नागरिकको चाहाना अनुसारको कार्यसम्पादन हुने बताए ।

उपप्रमुख मीना पोख्रेल उप्रेतीले आफुहरू जनताको सेवाको लागि आएको बताउँदै जनअपेक्षा र उनिहरूक‍ आवश्यकता अनुसार क्रमश कार्यक्रमले तिब्रता पाउने बताइन् । उनले आफुहरू सदैब जनताको सेवामा लागि पररहने बताइन् ।

कार्यक्रममा बर्तमन तथा आगामी आर्थिक बर्षको जनपक्षीय कार्यक्रमहरूको चर्चा गर्दै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरमा सेग्राहीलाई छिटो छरिटो सेवा दिन आफुहरू लागि परिरहेको बताए । सम्पूर्ण प्रक्रिया पुगेको सेवाग्राहीकाे काम बिना झन्झट यथाशीघ्र सम्पन्न गरि चुस्त दुरुस्त सेवा दिने बताए ।

सञ्चारकर्मी अम्बिका भण्डारीले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अभिकृतसंगै विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, सर्वसाधारण नागरिक र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।