अर्थ संघ \संस्था

मेचीनगर : दुई दिनमा उठ्यो सवारी साधन पार्किङ शुल्क वापत ८० हजारबढी रकम

मेचीनगर । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम सकलन गरेकाे हाे ।

नगरपालिकाले लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट पार्किङको शुल्क वापत २ दिनमा ८० हजार भन्दा बढी रकम सकलन गरिएकाे राजश्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले जानकारी दिए । गत बर्ष ८४ लाखमा पार्किङ शुल्ककाे ठेक्का लागेकाेमा यसपालि भने १ कराेड २६ लाखमा लागेकाे थियाे तर फेरि घटाएर नगरपालिकाले ९५ लाख रुपैयामा ठेक्का खुलाएकाे राजश्व उपशाखाका प्रमुख पराजुलीले बताए । उनले पहिला भन्दा करकाे दर पनि बढाएकाे हुनाले केहि रकम थप गरिएकाे उनले जानकारी दिए । नगरले लामाे दुरीका साधनबाट १२० रुपैया, छाेटा दुरीका साधनबाट ८० रूपैया, हाइस गाडीबाट ५०, म्याजिक गाडिबाट २५ रूपैया र सिटी रिक्साबाट २० रुपैया सकलन गरेकाे थियाे ।

नगरपालिकाले साउन ८ गते सम्मका लागि ठेक्का आवाहन गरेकाे छ । ठेक्का नलाग्दा सम्मका लागि हामी आफैले पार्किङको शुल्क सकलन गर्नु पर्ने भएकाे हुनाले २ दिनमा ८० हजार रुपैया सकलन गरेकाे उनले बताए । अहिले गाडीकाे चाप पनि कम हुने समय भएकाे हुनाले अव केहि दिन पछि चाप पनि बढ्ने हुनाले राजश्व पनि केहि बढ्ने उनले जानकारी दिए । राजश्व उपशाखाका प्रमुख पराजुलीले नगरपालिकाले सवारी साधन पार्किङको राम्राे व्यवस्थापन गर्न सकेकाे खण्डमा राम्राे आम्दानी हुने उनले बताए ।