काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा पर्दा २२ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।