समाचार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

सि चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।

‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौं, तर जहाज उड्ने वित्तिकै तल झरे छ’, उनले भने, ‘जहाजमा चालक दलका सदस्य र इञ्जिनियर मात्र छन्, यात्रु छैनन् ।’