शिक्षा

राष्ट्रिय बाल दिवसक‍ो अवसरमा केर्खा पब्लिक स्कूलमा विविध कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक स्कूलले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा विद्यालयमा शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ ।

“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराको साथ कोपिला बाल क्लबद्वारा आयोजित विद्यालय परिसरमा खुल्ला वक्तित्वकला प्रतियोगिता, नृत्य, गायन तथा नाटकलगायत विविध कार्यक्रम सम्पन्न गरेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेविद्यार्थीलाई मेडल, प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

केर्खा पब्लिक स्कूलका फाउण्डर प्रिन्सिपल त्रिलोचन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशिष्ट अतिथिको रूपमा विद्यालयको निर्देशक/अध्यक्ष कृष्णा आचार्य रहेकी थिइन् भने अतिथिको रूपमा कोपिला बाल क्लबका संरक्षक शिक्षक गंगा प्रसाद चापागाई रहेका थिए।

केर्खा पब्लिक स्कूलको कोपिला बाल क्लबअध्यक्ष इशान पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत गीत मार्फत ओम श्रेष्ठले गरेका थिए ।

कार्यक्रम सञ्चालन विद्यालय क्याप्टेन नितिक गौतमले गरेका थिए ।