झापा । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलकोेसत्ता समिकरण देश र जनताको हितमा नभएको बताएका छन् ।
आफ्नो नेतृत्वमा रहेको सरकारले देश र जनताको पक्षमा सचेतरहँदै ऐतिहासीक कार्य गरेपछि अतालिएर देशको पहिलो र दोस्रो ठुलो पार्टी काँग्रेसएमाले गठबन्धन गरेको उनको भनाइ छ ।
आइतबार झापाको विर्तामोडमा माओवादी केन्द्र जिल्लासमन्वय समितिले आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाईसम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देश रजनताको पक्षमा नभएर भ्रष्टचार र चरम व्यतिथिलाई जोगाउन बनेको बताए ।
उनले आफुहरुले ललिता निवास, बासबारी जग्गा, नक्कलीशरणर्थी प्रकरण, गीरीबन्धु चिया जग्गा हदबन्धीलगायतको फायल अगाडी बढाउँदा सरकारबाटहट्नु परेको उनको भनाई छ ।
उनले अहिलेको गठबन्धन लामो नटिक्ने बताए । तर, आफुहरु अब सरकारको लुच्छाचुडीमा नलाग्ने उनको भनाइ छ । उनले सरकारमा रहेपनि नरहेपनिजनताको काममा सधैं लागि रहने पार्टी भनेको माओवादी केन्द्र मात्रै रहेको बताउँदैअब जनताको काममा सडकदेखि सदनसम्म खबरदारी गर्ने बताए ।
केन्द्रदेखि स्थानीयस्तरसम्मका नेता तथा कार्यकताहरुको बाक्लोउपस्थिती रहेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस,नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न ,पार्टी परित्याग गरी पाँच सयबढी माओवादीमाप्रवेश गरेका छन् ।