धर्म संस्कृती

सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिरलाई आर्थिक सहयोग गर्ने जुट्दै

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ५ र ८ मा अवस्थित पूर्वको पवित्र धार्मिक ताथ पर्यटकीय स्थल सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिरलाई विभिन्न दाताहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

आर्थिक सहयोग गर्ने जुटेसंगै सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर परिसरमा हवन कुण्ड निर्माणको लागि दिर्गबहादुर कालिकोटे, संगीता कालिकोटे,साजन कालिकोटे ,रेखा बराईली (कालिकोटे),सुजता, मनजिता, रेश्मी, रोश्नी, सुमित्रा, सुशन र स्वस्तीकाबाट पितको नाममा रु पँचास हजार आर्थिक सहयोग गरेका छन् ।

उक्त कार्यक्रममा सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समिति अध्यक्ष गणेशकुमार खरेल, कोषाध्यक्ष सुर्य अधिकारी, सदस्य किरण पोख्रेल र सुर्यमान मगरलगायतको उपस्थिती रहेको थियो ।

अहिले गणेशकुमार खरेलको नेतृत्वमा रहेको टिमले पछिल्लो समय यस क्षेत्रको स्तरबृद्धिका लागि स्थानीय क्षेत्रका सामाजिक, राजनीतिक क्षेत्रका व्यक्तिहरुसंग समन्वय गर्नुका सार्थ स्थानीय तथा प्रदेश र संघलाई झकझकाई रहेको छ ।