मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी बिरामी परेका छन् । नेकपा एमालेबाट निर्वाचित रहेका बुढाथोकी बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी शनिबार साँझ बिरामी भइ विर्तासिटि अस्पताल भर्ना भएका थिए ।
गत भदौ २६ गते मेचीनगर- ७ स्थित प्यारिभिट्टा बसपार्कमा निर्माणकार्यको अनुगमन गर्न गएका बुढाथोकी पर्खालबाट चिप्लिएर बाँया घुडामा चोट लागेको नगरप्रमुखको सचिवालयले जनाएको छ । धुलाबारी मेडिकलमा उपचार गरिरहेका बुढाथोकी थप समस्या आए पछि विर्तामोड स्थित विर्तासिटी अस्पताल भर्ना भएका थिए।
धुलाबारी मेडिकलमा ५ दिनदेखि उपचार गरेर एक्स्रे गराउदा स्वास्थ्यमा थप समस्या देखाए पछि उनी उपचारका लागि विर्तासिटि अस्पताल भर्ना भएका हुन । विर्तासिटि अस्पतालका डाक्टर कुमुद लिम्बूका अनुसार मेयर बुढाथोकीको बायाँ खुट्टाकाे लिगामेन्टमा समस्या रहेकाे हुनाले अब कम्तीमा १५ दिन सम्म वेड रेस्ट गर्नु पर्ने बताए । त्यसैले अहिले उनी घरमा नै वेड रेस्टमा छन् ।