धर्म संस्कृती

नेपाल सम्बत ११४५ सूरु

काठमाडौं । नेपाल संवत अनुसार आज नयाँ वर्ष लाग्दैछ । ११४४ पूरा भई ११४५ सुरु भएको छ । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष लाग्छ । शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् शुरुवात गरेको बताइन्छ । गरिब जनताको ऋण मोचन गरी नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा नेपाल संवतको नयाँ वर्षका दिनतत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु भएको थियो ।

२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाएको घोषणा गर्नु भएको थियो । नेपाल संवतको पहिलो दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म अर्थात (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।