संघ \संस्था

मानव सेवा आश्रमको उद्घाटन गर्न प्रधानमन्त्री ओली मंसिर २३ गते मेचीनगर आउने

मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर २३ गते झापाको मेचीनगर नगरपालिका आउने हुनु भएको छ । मेचीनगर ४ मा रहेको मानव सेवा आश्रमको सेवा केन्द्र उदघाटनका लागि प्रधानमन्त्री ओली झापा आउन लाग्नु भएको हो ।

पत्नी राधिका शाक्य सहित आउनु हुने प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमको मेचीनगर सेवा केन्द्रको उदघाटन गर्नु हुने आश्रमका कोशी प्रदेश प्रमुख नवराज केसीले हिजो आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो । 

वहाँका अनुसार मानव सेवा आश्रम मेचीनगर सेवा केन्द्रको बहुबर्षिय गुरुयोजनाको समेत प्रधानमन्त्री ओलीले शिल्यान्यास गर्नु हुनेछ । २२ करोडको लागतमा पाँच बर्षमा निर्माण सम्पन्न हुने गरी मानव सेवा आश्रमको महिला र पुरुषको फरक फरक ब्लक हुने गरी निर्माण हुने व्यवस्थीत भवन, सामुदायिक योग साधना केन्द्र र जेष्ठ नागरिक मनोरञ्जन केन्द्रलगायतका संरचना गुरुयोजना अन्तर्गत निर्माण हुने आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ निम्सिनाले पत्रकार सम्मेलनमा बताउनु भयो । 

मानव सेवा आश्रम मेचीनगर सेवा केन्द्रमा हालसम्म ४३ जना सहयोगापेक्षी बुवा आमाहरु रहनु भएको आश्रमकी कोशी प्रदेश संयोजक गंगा थापा मगरले बताउनु भयो । 

मानव सेवा आश्रमले सडकमा वेवारिसे अवस्थामा रहनु भएका जो कोहीलाई पनि आश्रममा बस्ने व्यवस्थापन गर्ने गरेको छ । परिवारहरु सम्पर्कमा आए पछि परिवारको जिम्मा लगाउने गरिएको केन्द्रीय कोषाध्यक्ष तिम्सिनाले बताउनु भयो ।हेटौंडामा केन्द्रीय कार्यालय रहेको आश्रमले स्थापनाको १२ बर्षमा मानव सेवा आश्रमले ११ हजार भन्दा बढी सहयोगापेक्षीहरुलाई सेवा पुर्याईसकेको तिम्सिनाले बताउनु भयो ।