झापा । अत्यधिक चिसो बढेपछि झापाका चारवटा पालिकाले विद्यालय बन्द गरेका छन् । केही दिनदेखिको शितलहरका कारण मेचीनगरसहित बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले बुधबारदेखि तीन दिनसम्म विद्यार्थीहरुलाई जाडोको विदा दिएका हुन् । जाडो अत्यधिक बढेकोले आजदेखि पुष १८ गतेसम्म हिउँदे/वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयका अन्य कार्यक्रम बाहेक नियमित पठनपाठन बन्द गरिएको सूचना निकालेर Read More…
Year: 2025
इन्डो–नेपाल मेचीनगर मिडियाकपको लोगो सार्वजनिक
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो । लोगो ट्रफी आकारमा छ । त्यस भित्र सबैभन्दा माथि फुटबल छ र फुटबल भित्र मेचीनगरका पर्यटकीय स्थलहरु समावेश छन् । लोगोको बीच भागमा नेपाल र Read More…
बाहुण्डाँगीमा चौथो अन्तर्राष्ट्रिय तरूल उत्सव पुस ३० देखि
मेचीनगर । झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीमा चौथो अन्तर्राष्ट्रिय तरूल उत्सव आयोजना हुने भएको छ । यसअघि तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको तरूल उत्सव आयोजक समितिले यसपटक पनि पुस ३० गतेदेखि माघ २ गतेसम्म तीन दिनसम्म रैथाने तरूलको भव्य उत्सव मनाउन लागिएको हो । पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको पहिचानलाई उद्देश्य बनाइएको उत्सवमा विभिन्न जातका रैथाने Read More…
वेदाम्बरको निःशुल्क स्वास्थ्य शिविर बौद्धमोडमा सम्पन्न
मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिएको फिजियोथेरापी सेवाका सञ्चालक कमल गौतमले जानकारी दिए । ग्रामीण Read More…
विद्यार्थीको प्रतिभाले सजियो पशुपति अंग्रेजी मावि, अभिभावक उत्साहित
मेचीनगर । मेचीनगर–६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयमा बुधबार विद्यार्थीहरूको सीप, कला र सृजनात्मक क्षमताको प्रदर्शनी सम्पन्न भएको छ । सिनियर तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणित, नेपाली भाषा, चित्रकला तथा हस्तकलासँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको थियो । विद्यार्थीहरूले धरहरा, विश्वनाथ बाबाको मन्दिर, मिनी माउन्टेन, पर्यटकीय तथा धार्मिक Read More…
छैटौं वडा स्तरीय फुटबल; विर्तामोड वडा नं. ३ क्वाटरफाइनलमा प्रवेश
बिर्तामोड । बिर्तामोडमा जारी छैटौं वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार भएको खेलबाट वडा नं. ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ ले वडा न ८ लाई ८–१ गोल अन्तरले पराजित गर्यो । वडा नं. ३ का लागि आशिष चापागाईंले ह्याट्रिकसहित ५ सन्तोष राईले १ र प्रयास बुढाथोकीले २ गोल गरे । वडा नं. Read More…
मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडियाकप’ हुने
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम Read More…
साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न
इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम Read More…
प्याब्सन मेचीनगर : विद्यालय टाढिँदै गए, उद्देश्य चुक्यो
मेचीनगर । विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अधिकांश विद्यालयको सहभागिताविना सम्पन्न हुँदा कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको देखिएको छ । विद्यालयहरू क्रमशः टाढिँदै जाँदा कार्यक्रम औपचारिकतामै सीमित बनेको सरोकारवालाहरूले बताएका छन् । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको Read More…
बिन्ती साकोसको १७ औँ साधारण सभा सम्पन्न, सदस्यहरु सम्मानित
मेचीनगर । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको सभाहलमा माइन्यूट प्रमाणिकरणसहित साधारणसभा सम्पन्न गरिएको हो । संस्थाले यसअघि सतिघट्टा, श्रृजनाचोक, नकलबन्दा र टोकला बगान क्षेत्रमा इकाई साधारणसभा सम्पन्न गरिएको थियो । संस्थाका अध्यक्ष विकेन्द्रकुमार धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बचत तथा ऋण सहकारी संघ कोशीका Read More…










