मेचीनगर । भारतको सिलीगुडी स्थित कदमतलामा दुईदिवसीय आयोजनामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट झापाको मेचीनगर दोस्रो भएको छ ।
यही जनवरी ११ र १२ तारिख कदमतलामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट मेचीनगर नगरपालिका दोस्रो भएको हो ।

मेचीनगर नगरपालिका खेलकुद विकास समिति अन्तरगतको कराते महिला तर्फबाट २० केजी तौलमा प्रशंसा कडरिया, २५ केजी तौलमा आलिया लिम्बु, ३० केजी तौलमा अनु चौधरी, ३५ केजी तौलमा रोविना लिम्बु, ४० केजी तौलमा अनमिका पुरी, ४५ केजी तौलमा एश्वरीया लिम्बु र ४५ केजी तौलमा स्मृति सारु मगर प्रथम भएका छन् ।
त्यस्तै ५० केजी तौलमा आशा आङ्देम्वे दितीय भएकी थिइन् । कातातर्फ एश्वरीया लिम्बु त्रितीय भएकी छन् । रोविना लिम्बु उत्कृष्ट महिला खेलाडी घोषित भएको मेचीनगर कराते कोच तिलक तामाङले जानकारी दिए ।
यसैगरी पुरुष तर्फबाट करातेमा २० केजी तौलमा उज्वल भट्टराई, २५ केजी तौलमा रविशंकर ठाकुर, ३० केजी तौलमा रविकिशंन ठाकुर, ३५ केजी तौलमा कृसम समल मगर, ४० केजी तौलमा जुलन खतिवडा प्रथम भएको उनले बताए ।
यस्तै ४५ केजी तौलमा छवि भट्टराई त्रितीय, ५० केजी तौलमा साहिल घिमिरे दितीय र कातामा ज्ञानबहादुर विक त्रितीय भएका छन् ।
विजेता सबै खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । मेचीनगरले दोस्रो भएकोमा शिल्ड प्राप्त गरेको थियो ।
टिममा सहभागी कोचहरुमा तिलक तामाङ, अर्जुन लम्साल, हरि वस्नेत, सम्झना सारु मगर र दिपक कोइराला रहेका थिए । प्रतियोगितामा पहिलो भारत, दोस्रो मेचीनगर नगरपालिका र तेस्रो बाहुनडाँगीको कराते स्कुल भएको कोच तामाङले बताए ।