धर्म संस्कृती

सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्छ : उपसभामुख रानामगर

झापा । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएकी छिन् । झापाको मेचीनगरमा आज आयोजित ४३ औं राष्ट्रिय मगर एकता दिवस समारोहमा बोल्दै उनले बहुभाषि, बहुजाति र भिन्न भिन्न कला संस्कृतिको धनी देश नेपालमा सबै समुदायले आआफ्नो कला संस्कृति र धर्मको जगेर्ना गर्नुपर्ने बताइन् । जुनसुकै देश पनि समृद्धि बन्नका लागि Read More…

संघ \संस्था

सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित हुन्न: विश्वप्रकाश शर्मा

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका छन् । पछिल्लो समय सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको चर्को आलोचना भइरहेको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माले विधेयक संशोधन नगरी हुबहु पारित नहुने बताएका हुन् । बिहिबार झापाको मेचीनगर १० स्थित धुलाबारीमा प्रेस क्लब मेचीनगरको १० औं साधारण Read More…

खेलकुद

मेचीनगर गोल्डकपमा आठ टिम सहभागी हुने, मुख्य प्रायोजकमा होटल मेची क्राउन

मेचीनगर। झापाको मेचीनगरमा आयोजना हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकपको मुख्य प्रायोजकमा होटल मेची क्राउन रहने भएको छ। आज आयोजक र प्रायोजक बीच सम्झौता पत्रमा हस्ताक्षर आदानप्रदान गर्दै गोल्डकपको प्रायोजकमा होटल मेची क्राउन रहने जानकारी गराइएको हो । फागुन २४ गतेदेखि हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरि आठवटा टिम सहभागी हुने भएका छन् । Read More…

अर्थ

मेचीनगरले ६ महिनामा ७ करोड ८३ लाख कर उठायो

मेचीनगर । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको जानकारी दिए Read More…

खेलकुद

आयोजकको भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर, आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि Read More…

अर्थ संघ \संस्था

‘रिडर्स फेस्टिबल’ को आय-ब्याय सार्वजनिक

मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको र Read More…

संघ \संस्था

ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी, डिपिआर बन्ने

मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप: भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश

भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको Read More…

खेलकुद

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर। काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले Read More…

अर्थ

ज्ञानु प्रसाईको स्मृतिमा प्रेस चौतारीको उपचार कोषलाई ५१ हजार सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार Read More…