मेचीनगर । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि शनिबार काँकरभिट्टा महिला फुटबल टिम र कनकाई भिड्ने भएका छन् ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज काँकरभिट्टाको सामना कनकाईले गर्दै छ ।
काँकरभिट्टाको पुरूष टिम पाँचौं मेचीनगर गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड संग खेल्दा महिला फुटबल टिम जिल्ला स्तरीय प्रतियोगिताको उपाधि हत्याउने दाउमा रहेको काँकरभिट्टा टिम कोच राजा मगरले जानकारी दिए ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।