बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत मङलबार मेचीनगर ७ र मेचीनगर १२ बिजयी भएका छन ।
नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ४ लाई १-० को गोल अन्तरले पछि पार्दै १२ बिजयी भएको हो । जितका लागि खेलका म्यान अफ द म्याच समेत भएका अरुण मेचेले निर्णायक गोल गरे ।
यसैगरी दोस्रो खेलमा मेचीनगर ३ बि लाई २- ० को गोल अन्तरले पराजित गर्दै वडा नम्बर १२ बिजयी भएको हो । जितका लागि मनोज राईले २ र सन्तोस बस्नेतले १ गोल गरे । खेलको म्यान अफ द म्याच मनोज राई भए ।
बुधबारको पहिलो क्वाटरफाइनल खेल मेचीनगर ३ र मेचीनगर ११ तथा दोस्रो खेल मेचीनगर २ र मेचीनगर ९ बिच हुने खेलकुद सम्योजक खेम सावाँले बताए ।
वडा कार्यालय मेचीनगर ३ को आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता छन । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।