खेलकुद

मेचीनगर वडा स्तरीय फुटबल ११ र ९ सेमिफाइनलमा प्रबेस

बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बुधवार मेचीनगर ११ र मेचीनगर ९ सेमिफाइनलमा प्रबेश गरेका छन ।

नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ३ लाई २-१ को गोल अन्तरले पछि पार्दै ११ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि सुजल धिमाल र सागर बर्देवाले गोल गरे । मेचीनगर ३ का प्रदिप दहालले सान्तवाना गोल गरे । खेलको म्यान अफ द म्याच भएका सुजल धिमाल भए ।

यसैगरी दोस्रो खेलमा मेचीनगर २ लाई टाइब्रेकरमा ५- ४ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ बिजयी भएको हो ।

खेलको निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो ।
खेलको म्यान अफ द म्याच बिजेता टिमका युवराज डागी घोषित भए ।

बिहिबार खेल मेचीनगर ५ र मेचीनगर ७ तथा दोस्रो खेल मेचीनगर ६ र मेचीनगर १२ बिच हुने खेलकुद सम्योजक खेम सावाँले बताए ।

वडा कार्यालय मेचीनगर ३ को आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता छन । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।