गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले स्थानीय तहले गरेका कामको संचार माध्यमले जनतासम्म पुर्याउनुपर्ने बताइन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले स्थानीय तहले स्थानीय संचार माध्यमको विकासमा सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, उपाध्यक्ष युवराज विवश, महासचिव बाबुराम भण्डारी, केन्द्रीय सदस्य मिना विक, निवर्तमान झापा अध्यक्ष मनकुमार गदाल, कोशी प्रदेश सदस्य प्रकाश पौडेललगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम स्थानीय विकास विज्ञ मोहन तिम्सिना र सप्तकोसी एफएमका समाचार प्रमुख लिलाराज भट्टराईले सहजीकरण गरेका थिए ।
प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए भने, कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।

