मेचीनगर । थाइल्याण्डको ब्याङ्ककमा भर्खरै सम्पन्न १२ वर्षमुनिको ओपन कराते च्याम्पियनसीपमा सायर भट्टराईले काश्य पदक जित्न सफल भएकी छन् ।
थाइल्याण्डबाट आइतबार काँकरभिट्टा आएका काश्य पदक विजेता भट्टराईसहित खेलाडी, कोच र रेफ्रीहरुलाई प्रवेशद्वारमा स्वागत गरिएको थियो ।
थाइल्याण्ड ओपन कराते च्याम्पियनसीपमा १२ वर्ष मुनिको समूहमा खेलेका भट्टराईले काश्य पदक जित्न सफल भएको हात पार्न सफल भएको अन्तर्राष्ट्रिय कोच प्रभाकर राणा मगरले जानकारी दिए ।
काश्य पदक विजेता भट्टराई विराटनगर निवासी हुन् । कोच मगरको नेतृत्वमा नेपालबाट खेलाडीहरू दीक्षित खतिवडा, रबानी घिमिरे, सायर भट्टराई, दिपेश थापा र मानस थापा सहभागी भएका थिए ।
त्यस्तै रेफ्रीका रुपमा सञ्जित मोहली र मदनकुमार भण्डारी रहेका थिए । रेफ्री भण्डारी नेपाल खेलकुद महासंघ मेचीनगर कमिटीका अध्यक्ष समेत हुन् ।
उनीहरु २३ जुन २०२५ मा गएका थिए । प्रतियोगिता ४ जुलाईमा सम्पन्न भएको थियो । टोली आज ब्याङ्कक हुँदै भारतबाट काँकरभिट्टा आइपुगेका थिए ।
टोलीलाई नेपाल खेलकुद महासंघ झापा, नेपाल खेलकुद महासंघ मेचीनगर, नेपाल कराते महासंघ, नेपाल कन्फेडेरेशन स्पोटर्स (नेकोस) जनप्रतिनिधि लगायतले स्वागत तथा सम्मान गरेका थिए ।
स्वागत कार्यक्रमको प्रमुख अतिथि नेपाल खेलकुद महासंघ झापा जिल्ला कमिटीका सहसचिव गणेश कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाई, मेचीनगर–११ का वडा सदस्य श्याम शिवाकोटी, त्रिदेव बहुमुखी क्याम्पस चारआलीका स्ववियु सभापति ईश्वर रिजाल, राष्ट्रिय युवा संघ नेपाल मेचीनगरका अध्यक्ष सुनिल राजवंशी, सचिव सञ्जु पोखरेल,
नेपाल खेलकुद महासंघ मेचीनगर कमिटीका उपाध्यक्षहरु तुलसा दाहाल, इन्द्र खड्का, कोषाध्यक्ष रामकुमार लिम्बु, नेकोसका जिल्ला सदस्य दावा तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल खेलकुद महासंघ मेचीनगर कमिटीका सचिव अमर मेचेले गरेका थिए ।